६ माघ २०८२, मंगलबार | January 20, 2026

कांग्रेस र एमालेद्वारा ‘कोशी प्रदेश’ प्रस्ताव दर्ता, एकीकृत समाजवादी र जसपाको अलग्गै प्रस्ताव



काठमाडौं । प्रदेश १ को राजधानी कोशी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । यस प्रस्तावको समर्थकमा नेपाली का्रंग्रेसका सांसद कांग्रेसका भूमिप्रसाद राजवंशी र अर्का सांसद निरन राई रहेका छन् ।

प्रदेशसभा सचिवालयले दिउँसो १ बजेसम्मको समय दिएको थियो । सो समयभित्र एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुले भने प्रदेशको नाम ‘किरात लिम्बुवान सगरमाथा’ हुनुपर्ने भन्दै अलग्गै प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावको प्रस्तावकमा एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु रहेका छन् भने समर्थन जसपा सांसद निर्मला लिम्बूले गरेकी छन् ।

नेकपा माओवादी केन्द्रले भने कोशी नाममा समर्थन गर्ने जनाउन दिएको छ । यसअघि एमाले र कांग्रेसबीच प्रदेशको नाम कोसी राख्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १ : ५४ बजे

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका