७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।

रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगका बैठकले स्वीकृत गरेसँगै चुनाव चिह्न ‘घण्टी’ कायम भएको जानकारी दिए ।

रवि लामिछाने नेतृत्वको रास्वपाले गत मङ्सिर ४ गतेको निर्वाचनमा गोलो घेराभित्रको घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको थियो । प्रतिनिधिसभामा मात्र उम्मेदवारी दिएको रास्वपाले प्रतक्ष्यमा सात सिट र समानुपातिकमा १३ सिट ल्याएको थियो थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज