१३ भदौ २०८३, शनिबार | August 30, 2026

‘चालकले आफ्नो परिवारको फोटो गाडीमा राखेर हिँडे दुर्घटना कम हुने’



बुटवल । सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुसास सम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो ।

नेपाल ट्रक यतायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले गाडी चालकले आफ्नो परिवारको फोटो गाडीमा राखेर हिँडे दुर्घटना कम हुने बताउँदै ओभरलोड बोकेर नहिँड्न चालकलाई आग्रह गरे ।

गाडी चालकले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउँने गरी सवारी चलाउनु पर्ने बताउँदै ट्रक पार्किङ्ग गर्दा सडक भन्दा १० फिट टाढा गएर रोक्नु पर्ने लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताए ।

रुपन्देहीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट १ सय २२ जनाको ज्यान गएको र चालु आर्थिक वर्षमा ६२ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकार राज पन्तले बताए ।

प्रशिक्षण कार्यक्रममा १ सय ५० बढी चालकलाई प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : २० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ