७ आश्विन २०८३, बुधबार | September 23, 2026

कमल थापा भन्छन् – लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो



हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् ।

राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए ।

अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए ।

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता ब्यक्त गर्दै थापाले कार्यकर्ताहरुलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : ३२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज