३ पुस २०८२, बिहिबार | December 18, 2025

सदुरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी सांसदहरुलाई प्रचण्डको निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले सदुरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई फोन गरी यस्तो निर्देशन दिएका हुन् । प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता बनेका कारण यसलाई टुट्न नदिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । माओवादीले सरकारको नेतृत्वमा आलोपालो र मन्त्रालयको भागवण्डा प्याकेजमा गर्नुपर्ने माग पुरा नभएसम्म विश्वासको मत दिन नसक्ने निस्कर्ष निकालेको थियो । अब प्रदेशसरकारको भागवण्डा समेत केन्द्रबाटै हुने बताइएको छ ।

मुख्यमन्त्री शाहले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ११ : ३१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका