६ पुस २०८२, आइतबार | December 21, 2025

घरमा प्रहरी आएपछि पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खान भागे



ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन ।

आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरुले इमरान खान माथी मनौबैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् । इस्लामाबाद प्रहरीले ट्वीट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सुचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ ।

टविटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनु परेको छ ।’ प्रहरी आफनो घरमा आएपछि इमरान खानले ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्वसेना प्रमुख जनरल बाजवा माथि गम्भिर रुपमा आक्रोश पोखेका छन ।

उनले जवाफ टविट लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ? ‘ यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो ।

इमरान खान पर्सी अर्थात मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनु पर्ने गरी एउटा अदालतकाे आदेश छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ४३ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम