३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नारी दिवसको अवसरमा तिलोत्तमामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका कुन्जलापुरमा १ सय १३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा नगरपालिकाका विभिन्नि वडाबाट ११ जना प्रतियोगिहरु सहभागी भएका थिए । ‘लैंगिक समानताको बलियो आधार : सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार’ विषयमा बक्तृत्वकला आयोजना भएको थियो ।

प्रतियोगितामा तिलोत्तमा वडा न. ६ की कमला पाठक प्रथम, वडा नम्बर १३ की बिमला केसी दोस्रो भएकी थिइन । तिलोत्तमा २ नं की बसुन्धरा पाण्डेले तेस्रो स्थान प्राप्त गरेकी थिइन् भने सान्त्वना पुरस्कार वडा नम्बर ११ कि ममता गिरी र मिना अर्यालले प्राप्त गरेका छन् ।

लेखक प्राध्यापक तथा साहित्यकार ऋषिराम भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीकी महिला उपध्यक्ष अमृता अनमोल, पत्रकार संजु पौडेल निर्णायक रहेको प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ८, तेस्रोले ६ र सान्त्वना पुरष्कार प्राप्त गर्नेले नगद ४र४ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाहुने प्रतियोगीलाई उप प्रमुख जागेश्वर देवी चौधरीले नगद सहित पुरष्कार वितरण गरेकी थिइन । नगर उप प्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख अथित्यतामा सम्पन्न सो प्रतियोगितामा विभिन्न वडाका वडा अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक दल, सरोकारवाला निकाय, व्यवसायिक तथा पेशागत संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना भण्डारीले संन्चालन गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले हरेक घरमा नारी शिक्षित हुन जरुरी रहेको बताए । उनले समाजको सृष्टी देखि विकास समृद्धिका लागि नारीको सहभागिता र शिक्षित समाज निर्माणका लागि नारीको ठुलो भूमिका रहेको बताए । सो अवसरमा बोल्दै नगर उप प्रमुख जागेश्वर देवी चौधरीले नारीको अधिकारका लागि पुराना पुस्ताले गरेको त्यागले आजका नारीहरु समाजमा स्थापित हुन सघाएको बताइन । उनले समाजमा नारीको त्याग र समर्पणले समाजलाई बिकासको बाटोमा ल्याउन सफल भएको बताइन ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नारीको हक अधिकार र समान सहभागिताको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले नगरपालिकाले नारी सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याएको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका सचिव मिन प्रसाद पोख्रेल, साहसी कदम नेपालका आनिक राना, राष्ट्रिय जनमुक्ती पार्टीका राधिका श्रीस, जनता समाजवादी पार्टीका राजेन्द्र यादव, नेकपा एकीकृत समाजवादिका रामचन्द्र भट्टराई, राप्रपा नेपालका राधिका पाण्डे, राष्ट्रिय जनमोर्चाका रुक बहादुर पराजुली, उद्योग वाणिज्य संघ तिलोत्तमाका महासचिव राजन पाण्डे,चेम्बर अफ कमर्शका बाबुलाल भुसाल, लगायतले नारि दिवसका अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ५८ बजे

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी