१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी



सप्तरी । एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाईदै आएको होली पर्व शुरू भएसंगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ।

जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ का ७० वर्षिय सुला रजकले बताए।

उनले भने,झश्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत होलीको एक हप्ता अगाडी त्यो पनि ग्रामीण भेगमा कतै कतमात्रै गुन्जिने, सुनिने देखिने गरेको छ, पहिले बुवाको पालोमा गीत गाएरै फागु आएको महशुस  हुन्थ्यो , ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्योअहिले त्यसमा निकै कमि आएको छ ।ु

ुजोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ। कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब न्युन सुन्न नपाइने गरेको राजविराज नगरपालिका वडा नं १३ बिषहरियाका ७० वर्षिया किशुनदेव यादवले बताए।

उनले थपे,झपहिले पहिले त गाउँको कुनै निश्चित ठाउँमा गाउँका मानिसहरू एक ठाउँमा भेला भई अबेर रातिसम्म जोगीरा गाइन्थ्यो । गाउँका केटाकेटी ,महिला बृद्धबृद्धा र जोगीरा गाउँने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे।गाउँ नै आनन्दित हुन्थे तर अहिले त्यस्तो रौनक छैनु

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमि आएको यादवको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसंगै ज्येष्ठ नागरिकले पनि रमाईलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका २ का ६० वर्षिया सावित्री देवी देवले  बताईन् ।

होलीको अबसरमा गाईने जोगिरा मधेसको पहिचान र गौरव हो।यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्ने देवको भना छ । उनले थपे, झ यसको संरक्षणमा युवावर्ग अगाडि आउन जरुरी छ।ञ

समाजिक सदभाव ,मेलमिलाप साथ सरस्वती पूजाको मूर्ति सेलाएसँगै ढोलको ताल संगै सुरुहुने हुने होली पर्व १ लार , परालको ठूलो झुप्रो बनाएर होलिका दहनको भोलिपल्ट माल पुवा ,पूरी खाएर रम्दै रंग ,अबिर एक आपसमा दल्दै खुसी उमंगले मधेसमा होली मनाईने प्रचलन रहेको छ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले