२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालको उत्कृष्ट बलिङमा युएईमाथि रोमाञ्चक जित



काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि रोमाञ्चक जित निकालेको छ ।

सोमबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाली बलरहरुको उत्कृष्ट प्रर्दशनमा नेपालले युएईमाथि रोमाञ्चक जित निकालेको हो ।

नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन बनायो ।

युएईका लागि आसिफ खान र आर्यन लाक्राले अर्धशतकिय पारी खेले । खानले ८२ र लाक्राले ५० रनको योगदान गरे । अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । कामी र ऐरीले समान तीनरतीन विकेट लिए । सन्दिप लामिछाने, करण केसी र आरिफ शेखको नाममा एकरएक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे ।

ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले ६ रन जोड्दा कप्तान रोहित पौडेल भने एक रनमै आउट भए । दीपेन्द्र सिंह ऐरीले ४ रन, आरिफ शेखले ४३ रन, करण केसीले १७ रन र प्रतिश जिसीले ११ रन बनाए ।

युएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा रोहन मुस्तफा र आर्यन लाक्राले समान दुईरदुई विकेट लिए । पलानियापन मयप्पनको नाममा एक विकेट रह्यो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ६ : ५४ बजे

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय