३१ बैशाख २०८१, सोमबार | May 14, 2024

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज



काठमाडौ । ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ । प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।

यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस्तै, कुनै लघुवित्तसँग मर्जर प्रक्रिया वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ११ : ३२ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक