२८ असार २०८३, आइतबार | July 12, 2026

राष्ट्रपति निर्वाचनमा मतदान सुरु, पहिलो मतदान रामचन्द्र पौडेलको



काठमाडौं । मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो । जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन ।

‘बिहान १० बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन ।’

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १० : १९ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन