७ भदौ २०८३, आइतबार | August 24, 2026

राष्ट्रपतिसमक्ष ‘राष्ट्रपति निर्वाचन’को परिणाम प्रतिवेदन पेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश गरेको छ ।

नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । सो निर्वाचनमा रामचन्द्र पौड्याल निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराएकामा आयोग, सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा आयोग हार्दिक धन्यवाद व्यक्त गरे । प्रमुख आयुक्त थपलियाले निर्वाचनको व्यवस्थापन र प्रक्रिया तथा परिणामबारे अवगत गराएका थिए ।

कार्यक्रममा निर्वाचन आयुक्त र आयोगका उच्चपदाधिकारी सहभागी हुनुभएको थियो । वर्तमान राष्ट्रपतिको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ३० बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना