१ चैत्र २०८२, आइतबार | March 15, 2026

आईतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको नौ वर्षे कार्यकाल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको नौ वर्षे लामो कार्यकाल आइतबार रातीबाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन ।

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि दोस्रो कार्यकालका लागि पनि दोहोरयाएर निर्वाचित भएकी थिइन ।

पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी हुन ।

दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन ।

उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो र एक्ली नेपाली महिला पनि हुन् । नौ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुन ।

उनै राष्ट्रपति भण्डारी आफनो नौ बर्षे लामो कार्यकाल सकेर सोमवार, शितलनिवासबाट बिदा हुदैँछिन्  ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : ५९ बजे

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो

गुण्डु पुगेर पितृशोकमा रहेका ओलीलाई दिइन प्रधानमन्त्रीले समवेदना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर