२२ भदौ २०८३, सोमबार | September 7, 2026

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन



भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो ।

कार्यालयका प्रमुख करअधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु तीन अर्ब ३६ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । फागुनमा मात्र रु ४४ करोड ५० लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५७ दशमलव १७ प्रतिशत मात्र सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयका अनुसार आठ महिनामा आयकरबाट रु एक अर्ब २४ करोड ८२ लाख ४४ हजार, मूल्य अभिवृद्धि करबाट रु ९७ करोड ३२ लाख १८ हजार तथा अन्तःशुल्कबाट रु ३६ करोड ७० लाख ५३ हजार राजस्व सङ्कलन भएको छ ।

प्रमुख करअधिकृत थापाले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पछिल्लो समय बजार अनुगमनलगायत गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यवहारिक करशिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ३ : २७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त