६ पुस २०८२, आइतबार | December 21, 2025

सन्दीपसहित नेपाली बलरको उत्कृष्ट प्रदर्शन, पीएनजी ९५ रनमै समेटियो



काठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनीले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३१.५ ओभरमा १० विकेट गुमाउँदै ९५ रन बनाएको हो ।

पपुवा न्युगिनीका लागि ओपनरद्वय किप्लिन डोरिगा र हिरि हिरि सस्तैमा आउट भए । डोरिगाले २ रन र हिरिले १४ रन जोडे । कप्तान असद वालाले २० रन बनाउँदा सेसे बाउले १८ रन, चार्ल्स अमिनीले १६ रन, रिले हेकुरेले रन बनाए ।

यस्तै, चाड सोपरले ८ रन, सेमो कामियाले ० रन, काबुआ मोरियाले १ रन र हिला वारेले ७ रन बनाए । नर्मन भानुआ भने शून्यमै आउट भए ।

नेपालका लागि बलरहरुले कसिलो बलिङ गरे । सन्दीप लामिछानेले ५ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले २-२ विकेट लिए । उनले यसअघि युएईविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ११ : ५३ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या