काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।
चैत ३ गते हुने निर्वाचनमा यादवको पक्षमा मतदान गर्न संघीय र प्रदेश सभाका सांसदहरुलाई निर्देश्न दिएको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार यादवसहित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । यादव जसपाका नेता हुन् ।
बैठकले राष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई एवं शुभकामना दिएको छ । यस्तै, आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई आग्रह पनि गरेको छ ।



















प्रतिक्रिया