७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।

चैत ३ गते हुने निर्वाचनमा यादवको पक्षमा मतदान गर्न संघीय र प्रदेश सभाका सांसदहरुलाई निर्देश्न दिएको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार यादवसहित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । यादव जसपाका नेता हुन् ।

बैठकले राष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई एवं शुभकामना दिएको छ । यस्तै, आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १२ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई