२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा खराब शुरूआत गरे पनि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा ७ ओभर नपुग्दै ३ विकेट गुमाएको नेपालले यूएईविरुद्ध अहिले भने केही सम्हालिएर प्रदर्शन गरेको छ ।

यसअघि नेपालका ओपनर ब्याटर आशिफ शेख खाता नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर आएट भएका थिए भने ​कप्तान रोहित पौडेललाई पनि नेपालले १६ रनमै गुमाएको थियो ।

अहिले क्रिजमा कुशल भुर्तेल र भीम सार्की छन् ।

यूएईले पूरा ओभर खेल्दै ३१० रन बनाएको थियो । उसका लागि आशिफ खानले शतकीय पारी खेलेका थिए । उनले मात्र ४१ बलमा १०० रन बनाएका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : ०६ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम