६ पुस २०८२, आइतबार | December 21, 2025

विश्वकप छनौटमा पुग्न सफल क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनौटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा यूएईलाई ९ रनले पराजित गर्दै ग्लोबल छनौटमा पुग्न सफल खेलाडीहरुसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । आगामी जुन जुलाईमा जिम्बाबेमा विश्वकप छनौट खेल हुँदैछ ।

खेलाडी र अफिसियलहरुसँग आफ्नो निवास बालुवाटारमै बोलाएर भेटेका प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका थिए । उनले सोही क्रममा प्रतिखेलाडी ३ लाख पुरस्कार दिने घोषणा गरेका हु्न् ।

प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन क्रिकेट रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रतिवद्धता जनाएका छन् । उनले त्रिवि क्रिकेट मैदानमा सडलाइट र स्कोरबोर्ड व्यवस्था गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस : यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा पुग्न सफल

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ५९ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या