२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालले अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि ४१ रनको शानदार जित



काठमाडौं । अस्ट्रेलिया भ्रमणरत नेपाल राष्ट्रिय क्रिकेट टोलीले मंगलबार भएको खेलमा अस्ट्रेलियाको क्रिकेट एसिटी (ACT) विरुद्ध ४१ रनको विजय हासिल गरेको छ ।

टस जितेर पहिले फिल्ड रोजेको एसिटीविरुद्ध नेपालले ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेटको क्षतिमा १७७ रनको योगफल खडा गर्‍यो । ओपनर आशिफ शेखले आक्रमणात्मक खेल प्रस्तुत गर्दै ३९ बलमा ६९ रन जोडे । कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाए भने आरिफ शेखले १८ बलमा २४ रन थपे । अन्य ब्याट्सम्यानहरू भने ठूलो योगदान दिन नसके पनि नेपालले मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

१७८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको एसिटी टोली १७.२ ओभरमै १३६ रनमा अलआउट भयो । नेपाली बलरहरूले संयमित बलिङ गर्दै विपक्षीलाई दबाबमा राखेपछि सहज जित सम्भव भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियाविरुद्ध अभ्यास खेल खेल्ने तालिका छ । नेपालले दुबै टोलीसँग दुई-दुई वटा टी-२० खेल्नेछ भने अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेलिनेछ ।

यस जितसँगै अस्ट्रेलियाली भूमिमा नेपालको आत्मविश्वास थप उच्च बनेको छ र आगामी खेलहरूमा पनि उत्साहजनक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : ४५ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू