काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ ।
बिहान १० बजेदेखि संसद भवनको ल्होत्से हलमा भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचनमा ८२९ मत खसेको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणना अपरान्ह ४ बजेबाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । साँझ ६ बजेसम्म मतगणनाको अन्तिम परिणाम आइसक्ने बताइएको छ ।
उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा प्रतिस्पर्धामा रहेका छन् ।



















प्रतिक्रिया