१९ चैत्र २०७९, आइतबार | April 2, 2023

लगानी बोर्डअन्तर्गतका ११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीको छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गरेका छन्।

सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको जानकारी प्रधानमन्त्रीले लिएका हुन् । लगानी बोर्डको कार्यालयमा आज भएको छलफलमा विकासकर्ता कम्पनीहरुले आफ्ना परियोजनामा देखिएका समस्याबारे अवगत गराएको र प्रधानमन्त्री प्रचण्डबाट ती समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता आएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

“आज प्रधानमन्त्रीको ठूला परियोजनाका लगानीकर्तासँग छलफल र कार्यालय निरीक्षणको कार्यक्रम थियो । छलफलका क्रममा विभिन्न ११ परियोजनाका विकासकर्ता कम्पनीका प्रतिनिधिले सम्बन्धित आयोजना प्रगतिको अवस्था र देखिएको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ”, लगानी बोर्डको कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले भने । लगानीमैत्री वातावरण बनाउनुपर्ने, वन ऐन तथा लगानी ऐनलगायत कानुनी सुधार गर्नुपर्ने, अन्तर निकाय समन्वय, जग्गा प्राप्ति सहजीकरण, स्थानीयका समस्या समाधानलगायतका विषयबारे विकासकर्ता कम्पनीले प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ ।

परियोजना विकासकर्ता कम्पनीका समस्या सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले त्यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने आश्वासन दिएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।

“प्रधानमन्त्रीले समस्या समाधानका लागि पहल गर्ने र विषयगत मन्त्रालयलाई निर्देशन दिने बताउनुभएको छ । अरु काम लगानी बोर्डको कार्यालयले समन्वय गर्न निर्देशन दिनुभएको छ ।” उनले भने । कानुन संशोधन गर्ने र लगानीको वातावरण सहज बनाउनेबारे सरकार सकारात्मक रहेको आश्वासन पनि प्रधानमन्त्री दाहालले विकासकर्ता कम्पनीलाई दिएका छन् ।

छलफलमा अरुण–३ तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिङ नारायणी परियोजना, नेपाल–चीनमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केबलकार परियोजनाका विकासकर्ता कम्पनीहरुले परियोजनाको प्रगति, कार्यान्वयन तथा चुनौतीबारेमा जानकारी गराएका थिए । माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पश्चिम सेती र एसआर–६ परियोजना, माथिल्लो त्रिशूली–१, अपर मस्याङ्दी–२, डावर नेपाल र राइजन नेपाल सोलार इनर्जी प्रोजेक्ट लिमिटेडका विकासकर्ता कम्पनीहरुले पनि आफ्नो परियोजनाको अवस्थाबारे कुरा राखेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको बैठक भने लामो समयदेखि बस्न सकेको छैन । लगानी बोर्ड ऐनअनुसार हरेक दुई महिनामा बस्नुपर्ने लगानी बोर्डको बैठक गत साउनयता बस्न नसकेको हो । बोर्ड बैठक बस्न नसक्दा केही महत्वपूर्ण निर्णयहरु हुन सकेका छैनन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : २३ बजे

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि

काठमाडौं प्रवेश गर्ने २ सडक केहीदिनका लागि बन्द

हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने

नेपालकी ‘लेडी ड्र्यागन’सँग पुरुष रेस्लर समेत डराउँछन्

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै

रुसले पायो सुरक्षा परिषदको अध्यक्षता, युक्रेनको आपत्ति

काठमाडौं ।  रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता

‘माल पाएर चाल नपाएको’ बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण संचालन नहुँदै सामान चोरिन थाले

बुटवल । राजधानी सारिएपछि शुन्यता छाएको बुटवलको गहनाकारुपमा रहेको अन्तराष्ट्रिय