४ पुस २०८२, शुक्रबार | December 20, 2025

डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ



काठमाडौं । विकास बैङ्कको साझा संस्था ‘डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ । सो संस्थाका अध्यक्षमा साङ्ग्रीला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले कार्यसमितिका पदाधिकारी चयन गरेको हो ।

उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन भएका छन् ।

त्यस्तै, सदस्यमा साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कट्टेल चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले विकास बैङ्कको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिवद्धता जनाए । उनले आजका विकास बैङ्क व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैङ्कजस्तै रहेको बताए ।

कूल ९० वटा विकास बैङ्क घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैङ्कको उपलब्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको