३ आश्विन २०८३, शनिबार | September 19, 2026

नेवाः सेवा समिति १४ औ वर्षमा, खबरकुराकर्मी श्रेष्ठ सम्मानित



बुटवल । नेवारी संस्कार संस्कृति संरक्षणसंगै सामाजिक कार्यमा अग्रसर हुने उद्देश्यले बुटवलमा क्रियाशिल श्री नेवाः सेवा समिति स्थापनाको १४ वर्ष पुगेको छ । समितिले १४ औ वार्षिक उत्सव तथा साधारण विविध कार्यक्रमगरि सम्पन्न गरेको छ । साधारणसभाको एक समारोहका बिच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उद्घाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नेवाः दय दबुका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले ब्यापारिक र आर्थिक रुपमा समाज रुपान्तरणमा नेवार समुदायको योगदान दिएको बताए ।

सल्लाहकार नवराज श्रेष्ठले १४ वर्षको अवधिमा भवन निर्माण, धिमे बाजा सिकाउने, विभिन्न सामाजिक गतिविधिमा सेवा समिति अग्रसर देखिएको बताए ।

नेवाः दय दबुका लुम्बिनी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले नेवार समुदायलाई संगठित गर्दै अन्य समुदायलाई पनि समेटेर सामाजिक सेवा गर्नु पर्ने बताए ।

समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थागत रुपमा संस्कार, संस्कृति संरक्षणको अभियान निरन्तर चलाइदै आएको बताए ।

कार्यक्रममा समितिका सचिव शारदा श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दल बहादुर श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

महिला समितिका अध्यक्ष तारा श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं ९ का वडा अध्यक्ष प्रदिप श्रेष्ठलगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे । उनीहरुले सेवा समितिबाट अक्षय तृतिय, जाईजात्रा, नेवारी खाजा महोत्सव, कैता पुजा, युवाहरुलाई धिमे बाजा सिकाउने, नेवारी भाषा कक्षा चलाएर संस्कृति जगेर्नाको काममा संस्थाको अभियान महत्वपुर्ण रहेको भन्दै प्रशंसा गरेका थिए ।

खबरकुराकर्मी श्रेष्ठ सम्मानित

कार्यक्रममा संचार क्षेत्रबाट योगदान दिएको भन्दै खबरकुरा अनलाईनका सम्पादक दिनेश कुमार श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । नेवाः भाषा संस्कृति र समुदायको हितमा कलम चलाए बापत उनलाई सम्मान गरिएको समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।

यसैगरि जेष्ठ नागरिक सम्मानबाट समितिका ओमप्रकाश श्रेष्ठ, जन्मप्रसाद श्रेष्ठ, दुर्गालक्ष्मी जोशी, पुरुषोत्तम राम श्रेष्ठ, चन्द्र कुमारी श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, कृष्णकला श्रेष्ठ, सितादेवि गंगालक्ष्मी सुवाल, चमेली देवि श्रेष्ठलाई सम्मानपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो । सधारणसभाकैबीच नेवाः सेवा समिति आवद्ध परिवारबाट प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा तथा रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई सम्मान गरिएको थियो । समितिमा २ सय ३२ जना सदस्यहरु रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ४१ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज