७ भदौ २०८३, आइतबार | August 23, 2026

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १० हजार रुपैयाँ



काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा २ हजार ५०० रुपैयाँ बढी हो।

यसअघि गत १९ माघमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो। शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ११ : ५२ बजे

१४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद

भरतपुरमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा