६ पुस २०८२, आइतबार | December 21, 2025

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत



काठमाडौं । लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४-१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।

पहिलो हाफको २८ औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १-० को अग्रतासहित खेल देखाउन सुरू गरिसकेकाे थियो, त्यसमाथी  ४३ औं मिनेटमा बुकायो साकाले गोल थपे पछि आर्सनलले पहिलो हाफमा नै २-० को  अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरूवाती मै अर्थात ५५ औं मिनेटमा झाकाले गोल थपे पछि आर्सनललाई सहज जिततर्फ अघि बढयो तर ६३ औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउदै खेललाई ३-१ को स्थिति बनाए ।

तर,  ७४ औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे पछि आर्सनल सानदार जित निकाल्न सफल भयो ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२ औं स्थानमा छ । आर्सनलाई पछयाउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : २० बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम