२ पुस २०८२, बुधबार | December 18, 2025

एमालेलाई माओवादीको प्रश्न- पहिलो दललाई पनि सहमतिमा लैजाऔँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव गलत हो?



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गरेर राम्रो गरेको र त्यसरी अगाडि बढ्न सकेको भए राम्रो हुने थियो भन्ने मत राखेको छ । प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मत लिने प्रस्तावमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिको प्रस्तावको बचाउ गरेका हुन् ।

‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ, यो सदनमा नेपाली कांग्रेस भन्ने पार्टी सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ? दोस्रो दललाई सहमति चाहियो, पहिलो दललाई समेत सहमति गरेर अगाडि बढौँ भन्ने प्रधानमन्त्रीले राखेको कुरा गलत थियो?,’ पौडेलले प्रश्न गरे ।

उनले इतिहासको कठघरामा उभिएर जवाफ दिन आफूहरु तयार रहेको बताए । उनले देशमा उपस्थित कतिपय चुनौतीहरुलाई भविष्यमा अगाडि बढ्नका निम्ति सहमति खोजिने तर्क गरे । उनले भने, ‘विगतका कुराको पुनरावृत्ति गरेर सहमतिको आवश्यकता थिएन, हुँदैन । इतिहासको सम्मान गर्ने हो । रक्षा गर्ने हो । तर गल्ती भएका कुरालाई सच्याएर अगाडि बढ्ने हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २५ गतेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा विघटनको बचाउ गरेकोमा पनि पौडेल असन्तुष्ट सुनिए । दुई-दुई पटक गरिएको प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले सच्याइदिएको भन्दै उनले त्यसलाई सदर गर्न यो प्रतिनिधि सभा नबनेको बताए । उनले भने, ‘यही कारणले परिस्थिति फरक पर्‍यो ।’

आफ्नो सम्बोधनका क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डको राष्ट्रिय सहमति एमाले नरहेको बताएका थिए । एमाले बिना राष्ट्रिय सहमति नहुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ०३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल