७ पुस २०८२, सोमबार | December 22, 2025

मुलुकलाई सकेसम्म चाँडो छाड्ने कसले बनायो ? राष्ट्रिय स्वतन्त्र पार्टी उपनेता अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता डोलप्रसाद अर्यालले सकेसम्म देश चाँडो छाड्न चाहने अवस्था कसले बनायो भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले त्यसका केही दोषी यही संसद्‌मा रहेको उल्लेख गरे ।

उनले शीर्ष नेताहरूतर्फ हेर्दै भने, ‘राष्ट्रपतिका सन्तानदेखि गरिबका सन्तानसम्म जसोतसो विदेश पुगेकै छन् । मुलुकलाई सकेसम्म चाँडो छाड्ने कसले बनायो ? सायद यहाँ उपस्थितमध्ये केही त दोषी पक्कै हौं ।’

देशका ४० लाख युवाहरू विदेश रहेको अवस्थामा स्वदेश फर्केर केही गर्ने चाहना भएका आफ्नो पार्टीका नेता रवि लामिछाने लखेटिएको उनले बताए ।

उनले आफूहरूलाई असफल हुने छुट नभएको बताए । आफूहरू कटाक्ष र गालीगलोज हेर्न नचाहने उल्लेख गरे । सरकारलाई विश्वासको मत दिने बताउँदै उनले आफ्नो पार्टीलाई अप्ठ्यारो परेका बेला सघाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : १४ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी