१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन



काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले आजदेखि विरोध प्रदर्शन सुरु गर्ने भएको छ । जेनजी समूहका अनुसार आइतबार बिहान ११ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिनेछ ।

आन्दोलनका बारेमा जेनजी अगुवा मिराज ढुंगानाले समूह कुनै पनि व्यक्ति वा शक्तिबाट परिचालित नभएको स्पष्ट पारेका छन् । उनले भने, “हामी कोही कसैबाट परिचालित भएका छैनौँ । सुरुआती दिनदेखि नै हाम्रा मागहरू स्पष्ट छन् र ती फेरिएका पनि छैनन् । हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुन्छ ।”

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको कार्यकाल पूरा भएकै दिन विभिन्न जेनजी समूहहरूले आन्दोलनको घोषणा गरेका हुन् । जेनजी समूहले सरकारको १०० दिनको कामलाई असफल ठहर गर्दै आफ्ना माग र मुद्दाहरू सरकारले ‘अपहरण’ गरेको आरोप लगाएका छन् ।

जेनजी समूहका अनुसार वर्तमान सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्न नसकेको छ । “सरकार हाइज्याक भएको छ, सरकार अपहरणमा परेको छ,” ढुंगानाले भने, “हाम्रो आन्दोलन जेनजीका माग पूरा नगरी सरकारले अघि सारेको चुनावी प्रवृत्तिका विरुद्ध हो । आन्दोलनको अग्रपंक्तिमा म स्वयं खटिन्छु ।”

प्रधानमन्त्रीको राजीनामा माग गर्दै गरिखान देउ, जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन-टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्कफोर्स जेनजीलगायत ३० भन्दा बढी जेनजी समूह आन्दोलनमा सहभागी हुने जनाइएको छ । यस्तै, अल-नेसन जेनजी, जेनजी एकता मञ्च र समता जेनजीले पनि प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन् ।

विभिन्न जेनजी समूहहरूको संयोजकको जिम्मेवारी मिराज ढुंगानालाई दिइएको छ । उनी गरिखान देउ अभियानका समेत संयोजक हुन् । जेनजी समूहले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ४० बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा