८ पुस २०८२, मंगलबार | December 23, 2025

सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : प्रदीप यादव



काठमाडौं । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा यादवले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सदनलाई जानकारी गराए ।

सांसद यादवले संविधानको संरक्षण, सङ्घीयताको कार्यान्वयन वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताए। मुलुकको आर्थिक सूचक जटिल अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कट समाधान गर्न पनि सरकारलाई विश्वासको मत दिनुपर्ने बताए ।

“कूल ग्राहस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ, किसानलाई मलमा अनुदान मात्र दिइएको अवस्था छ । सिँचाइ, बिउमा पनि थप अनुदान दिनुपर्नेछ”, उनले भने, “अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकारको ध्यान जानुपर्छ ।”

सेवा क्षेत्रको योगदान पनि घट्दै गइरहेको अवस्था रहेको भन्दै उनले बैंकले प्रवाह गर्ने कर्जा खराब क्षेत्रमा बढ्दै गएको बताए । मुलुकमा व्यापारघाटा बढ्दै गएको अवस्थामा सरकार सञ्चालनमा कठिनाइ हुँदै आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ४६ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक