२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा मागिएको विश्वासको मतको समर्थनमा १५७ सांसदले प्रधानमन्त्रीको पक्षमा समर्थन जनाएका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत), जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीका सांसदहरु र स्वतन्त्र दुई सांसदले समर्थन जनाएका छन् ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका ११० सांसदहरुले मतदान गरेका छन् ।

यस्तै एकजना तटस्थ बसेका छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।

विश्वासको मतमा मत विभाजन हुनुअघि विभिन्न दलका प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरे ।

“सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।”

राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताए ।

सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताए । उनले ‘सबै पक्षबाट व्यक्त विचार र भावनालाई सम्मान गर्छु’ भने ।

विश्वासको मतको प्रास्ताव गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गरेका थिए । सो अवसरमा उनले देशको जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ४६ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार