१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

माछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बीच डिजिटल सेवा प्रदान गर्ने सम्झौता



काठमाडौ । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग आवद्ध पेट्रोल पम्पहरुले POS, QR लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरि ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले Green Economy लाई टेवा पुर्याउने बैंकको रणनीति अनुरुप बैंकले विभिन्न संघसंस्थाहरु संग समन्वय गरि डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए ।

साथै उनले वास्तविकरुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालिन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए ।

त्यस्तैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्वको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

साथै उहाले पेट्रोलियम पदार्थको बिक्रि गर्ने विक्रेता एंव खरिद क्रेता दुवै पक्षले QR कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसंगको सम्झौता पश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।

सम्झौता पश्चात बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ । बैंकले डिजिटल सेवा प्रदान गरेसंगै दैनिकरुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरुमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ०५ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary