८ माघ २०८२, बिहिबार | January 22, 2026

विपन्न नागरिकले महसुस गर्नेगरी काम गर्न धेरै बाँकी छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।

पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

केन्द्रका अध्यक्ष मधु आचार्यले राष्ट्रपति पौडेल सो पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । अध्यक्ष आचार्य र महासचिव परमेश्वर पोखरेलले राष्ट्रपति पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ५० बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको