४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु



काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो।

७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो। मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन्।

७ देखि ११ सम्म चल्ने तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ। माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण अभियान चलाइरहेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको