८ माघ २०८२, बिहिबार | January 22, 2026

अफगानिस्तान भूकम्प : कम्तिमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म कम्पन



काठमाडौं । अफगानिस्तानमा मंगलबार राति सवा १० बजेतिर गएको ६.५ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

यस्तै एक सयभन्दा धेरै जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६.५ म्याग्निच्युडको थियो ।

भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दूरीमा रहेको जुर्म भन्ने ठाउँमा रहेको युएसजिएसले जानकारी दिएको छ ।

उक्त भूकम्पमा परी उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा पनि दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन् । उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ ।

उक्त भूकम्पबाट पाकिस्तानमा प्रभाव बढी परेको छ । पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको खैबर पख्तसनख्वा प्रान्तमा दुई बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

खैबुर पख्तुनख्वा प्रान्तमै भूकम्पका कारण सय जनाभन्दा बढी घाइते भएका छन् । भूकम्पको कम्पनका कारण आएको पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकसमेत अवरुद्ध भएका छन् ।

यो भूकम्पको तरंग जमिनको सतहभन्दा २१२ किलोमिटर मुनिबाट सुरू भएको थियो । अफगानिस्तानमा भने सतहभन्दा निकै तलबाट भुइँचालो तरंग उत्पन्न भएकाले त्यसको कम्पन निकै टाढा पाकिस्तानदेखि भारतसम्म महसुस गरिएको बताइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : १९ बजे

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको