२३ असार २०८३, मंगलबार | July 7, 2026

अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प, कम्तीमा २० को मृत्यु



काठमाडौं । अफगानिस्तानको दक्षिण-पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको सीमा नजिकै गएको भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको र १०० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

भूकम्पका कारण दर्जनौँ घरहरू पूर्णरूपमा भत्किएका छन् । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । तालिबान सरकारले उद्धार कार्यमा संलग्न मानवीय संस्थाहरूलाई दुर्गम तथा पहाडी क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । पहिरो र बाढीका कारण केही क्षेत्रमा हवाई मार्ग बाहेक पुग्न कठिन भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै, ८ किलोमिटर गहिराइमा रहेको थियो । स्थानीय समयअनुसार राति ११:४७ बजे गएको भूकम्पले अफगानिस्तानसँगै पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको बताइएको छ ।

यो पछिल्लो एक महिनामा अफगानिस्तानमा गएको पाँचौँ भूकम्प हो । यसअघि अगस्ट ८ देखि २७ सम्मका विभिन्न मितिहरूमा ४.२ देखि ५.४ म्याग्निच्युडसम्मका चारवटा भूकम्प गइसकेका थिए ।

भूकम्पको दृष्टिले संवेदनशील मानिने अफगानिस्तानमा पछिल्ला भूकम्पहरूले ठूलो जनधनको क्षति गराइरहेको भन्दै स्थानीय अधिकारीहरूले आपतकालीन राहत र उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : २६ बजे

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक