८ माघ २०८२, बिहिबार | January 22, 2026

अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते



लाहोर । अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ ।

पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ ।  मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेका छ ।

स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरु भर्ना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

मंगलवार राति पौने ११ बजे पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गए पछि भौतिक क्षति भएको हो । क्षतिको थप बिवरण अझै आइसकेको छैन । यद्धपी, सो भुकम्पमा परी ५ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुश भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ९ : २३ बजे

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको