८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान



पोखरा । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सङ्घ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार १२ औँ हप्ता पूरा भयो । आँधीखोला हाम्रो सभ्यता र पहिचान भएकाले यसलाई जोगाइराख्नु दायित्व सम्झेर संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरिएको अगुवाइ गर्दै आएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्याल बताउँछन् । पानीका मुहान तथा प्राकृतिक स्रोत साधनको दोहन हुन नदिनका लागि सचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश दिनका लागि अभियान थालेको उनले बताए ।

“हाम्रो सभ्यतासँग जोडिएको आँधीखोलामा ढल तथा फोहरमैला नफाल्नका लागि सकारात्मक सन्देश दिनका लागि खोलामै पुगेर सरसफाई गर्दै आएका छौँ”, उनले भने, “सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियानमा विस्तारै सहभागी थपिँदै हुनुहुन्छ, “१२ औँ हप्ता सकियो, निरन्तर चल्नेछ ।”

सामाजिक सञ्जाल तथा स्थानीय रेडियो, पत्रपत्रिकाको माध्यमबाट सूचना प्रवाह गरी अभियानमा सहभागी बनाउने गरिएको छ । आँधीखोला सरसफाइ अभियान प्रभावकारी बन्दै अगाडि बढेको अर्याल दाबी गर्छन् । वालिङमा जस्तै अन्य पालिकामा पनि संरक्षण र सरसफाइलाई अभियानकै रुपमा अगाडि बढाउनु आवश्यक छ ।

श्रवणकुमारका अन्धाअन्धी मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको सभ्यता पछिल्लो समय दूषित हुँदै जाँदा यसको महत्व सङ्कटतर्फ धकेलिएको छ । बढ्दो बजारीकरणसँगै खोलाको किनारमा रहेका बजार तथा बस्तीका ढल सिधै खोलामा मिसाउँदा पनि प्रदूषित हुने गरेको छ ।

बजारबाट निस्कने कुहिने, नकुहिने तथा सिसाजन्य फोहर खोला किनारमा स्थानीयले फालिदिने गरेका कारणले भने आँधीखोला प्रदूषित बन्दै गएको हो । पछिल्लो समय आँधीखोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दा पनि यसको स्वरुप परिवर्तन हुन पुगेको छ । खोलामा ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्दा यहाँ पाइने स्थानीय जातका माछा लोप हुनुका साथै स्थानीय माझी जातिको पेसासमेत लोप भइसकेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकास्थित ‘अन्धाअन्धी दह’ बाट उत्पत्ति भएको आँधीखोला जिल्लाको मध्यभागबाट बहेको छ । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका हुँदै कालीगण्डकी गाउँपालिकाको मिर्मिमा पुगेर कालीगण्डकीमा मिसिन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : ४४ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई