२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना



गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन ।

आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुगेका उनले गोरखनाथ र गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन । उनलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराएका थिए ।

गोरखकाली मन्दिरको पूजासकेलगत्तै राष्ट्रपति पौडेललेसँगै रहेको गोरखनाथ मन्दिरमा पनि पूजा गरेका हुन । मन्दिरमा पूजा गरेर फर्किएरपछि उनले गोरखा सदरमुकामस्थित ठूलो आँगनमा रहेको नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसमेत गरे ।

उनले आज नै ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालयकोसमेत अवलोकन गरेका छन । दरबार सङ्ग्रहालयको अवलोकनका क्रममा त्यहाँ रहेका स्थानीयसँग पनि केहीबेर राष्ट्रपति पौडेलले कुराकानी गरेका थिए । राष्ट्रपति पौडेल आजै सेनाको हेलिकोप्टरमार्फत काठमाडौं फकिएका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : ५६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले