७ बैशाख २०८३, सोमबार | April 20, 2026

लोकतन्त्रलाई बलियो बनाउने युवाको चाहना पूरा गर्न तथा निर्वाचनलाई सफल बनाउनुपर्ने : राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

साथै उनले सुशासन, संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एनटिभी वल्र्डको शुभारम्भ समारोहमा राष्ट्रपतिले लोकतन्त्रलाई बलियो बनाउने युवाको चाहना पूरा गर्न तथा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले लोकतन्त्रकोे सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमले नागरिकलाई सूसुचित गराउने कर्तव्यबाट च्युत हुन नहुने बताए । “युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमले अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आजको आवश्यकता हो”, उनले भने, “सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।”

स्वतन्त्र स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उल्लेख गर्दै राष्ट्रपतिले लोकतान्त्रिक मूल्यमान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्मअनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्ने विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात् हुने विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो र सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हो भन्दै उनले केही समययता गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

राष्ट्रपति पौडेलले इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको, सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम प्रविधिको विकाससँगै भित्रिएको र नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको वर्तमान परिप्रेक्ष्यमा प्रविधिको दुरुपयोग गरेर जनतालाई दिग्भ्रमित पार्न सक्ने जोखिमबाट जोगाउनु आमसञ्चारमाध्यमको दायित्व भएको स्मरण गराए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी कार्यक्रममा राष्ट्रपतिले ‘एनटिभी वल्र्ड’को शुभारम्भ गरे । त्यसअवसरमा पिएसबीको लोगो र ‘मोबाइल एप’ सार्वजनिक गरिएको थियो ।

नयाँ कानुनबमोजिम नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरण भएपछि पिएसबी नेपालको प्रथम वार्षिकोत्सव मनाइएको हो । पिएसबी नेपालका अध्यक्ष महेन्द्र विष्टले ‘नागरिक प्रथम’को अवधारणाअनुरुप प्रसारण सेवालाई रुपान्तरण गरिँदै लगिएको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : २९ बजे

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित,

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई