१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पर्यटकका रोजाइमा खुमैडाँडा



अन्नपूर्ण । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ ।

स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा-खुमैडाँडा-कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए ।

यसैबीच कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए । “केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ”, उनले भने, “पाहुना त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।”

बैठकले सरीपाखा-खुमै-कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए । “खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुप¥यो भन्ने निर्णय भएको छ”, उनले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ३६ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म