१ चैत्र २०८२, आइतबार | March 15, 2026

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा



भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था आर्ट अफ लिभिङ नेपालको आयोजनामा रामलला कथा प्रदशन (थिएटर प्रोग्राम) हुने भएको छ ।

यही चैत्र २३ सिद्धार्थ नगरपालिकामा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको भवनमा कार्यक्रममा हुने भएको हो ‌।

नाटकिय स्वरूपमा भारतका प्रखर कलाकारहरूले रामायण कथामा आधारित अद्वितीय प्रदर्शन गर्ने आयोजक समितिले जनाएको छ । कलाकार, संगीतकार, बाध्य बाधन गरी जम्मा १८ जनाको टोलीले प्रदर्शन गर्ने आयोजक समितिले जनाएको छ ।

वर्तमान समयमा समाजमा भएका विभिन्न विकृति हटाउने र मानव जिवनको महत्वको विषयमा जानकारी दिई समाज सुढृकरणमा मद्दत पुग्ने विश्वास सहित कार्यक्रमको आयोजना गरिएको आर्ट अफ लिभिङ नेपालका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले बताए ।

आर्ट अफ लिभिङ नेपाल रूपन्देहीका संयोजक दिपेन्द्र प्रधानका अनुसार विगत लामो समयदेखि नै यो संस्थाले शारिरीक र मानसिक स्वास्थ्य संगै आध्यात्मिक ज्ञान बाढ्दै समाजमा अपनत्वको भावना सृजना गरेको र यस कार्यक्रमले थप सहयोग पुग्ने बताए ।

रामलला कथामा सहभागी हुनको लागि प्रत्येक व्यक्तिले रू १ हजार मुल्य बराबरको सहयोग स्वरुप टिकट खरिद गर्नुपर्ने छ । करीब ४ सय जना सहभागीको लागि टिकटको व्यवस्था गरिएको छ ।

सहयोग स्वरुप लिईएको रकम निर्माणाधीन अवस्थामा रहेको सिद्धार्थ नगरपालिका को उद्य्यो पुरी, बुद्ध कोलोनीमा रहेको आर्ट अफ लिभिङ को भवनको निर्माण सम्पन्न गर्न प्रयोग गरिनेछ भने केही अंश सामाजिक कार्यको लागि खर्च गरिने छ ।

त्यस लगत्तै नेपालको राजधानी काठमाडौं, सुन्दर सहर पोखरा, चितवन र विरगंजमा समेत हुने छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : १७ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना