२ पुस २०८२, बुधबार | December 18, 2025

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामान लैजान प्रतिबन्ध



काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिक जन्य सामग्रीका कारण फोहोर बढ्दै गएको जनाउँदै पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो ।

‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं,’ कोषले भनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिना देखी हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाउँदै आएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुनसमेत कोषले आग्रह गरेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ४५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल