२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने



काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा लगभग टुंग्याएको हो ।  बैठकमा नेताहरु कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा सहमति जुटाएका छन् ।

बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ । सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’ श्रेष्ठले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’

बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । यसैगरी, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : २० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले