१ चैत्र २०८२, आइतबार | March 16, 2026

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने



काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा लगभग टुंग्याएको हो ।  बैठकमा नेताहरु कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा सहमति जुटाएका छन् ।

बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ । सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’ श्रेष्ठले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’

बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । यसैगरी, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : २० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन