१ चैत्र २०८२, आइतबार | March 16, 2026

माओवादी र एकीकृत समाजवादीमा इमान्दार कार्यकर्ता धेरै छन् : एमाले अध्यक्ष ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सरकार ढालेर विदेशीको इशासारमा कांग्रेसको नेतृत्वमा रहनेहरुलाई कम्युनिष्ट भन्ने अधिकार नै नभएको बताएका छन् । आज बुटवलमा मिसन ग्रासरुट अभियानलाई सम्बोधन अर्दै ओलीले कम्युनिष्टको सरकार ढालेर पार्टी फुटाउनेहरुलाई पार्टीको नाम कम्युनिष्ट राख्ने अधिकार नभएको बताए ।

माधव नेपाल र प्रचण्ड प्रति कटाक्ष गर्दै ओलीले भने, ‘कम्युनिष्टको सरकार ढाल्ने, पार्टी फुटाएर वाखै खेल्ने, तहननहस बनाएर अरु देशलाई रिझाउनेहरुले नाम कम्युनिष्ट राखेर हुँदैन ।’

उनले माओवादी र नेकपा एसमा नेताहरु खराब भएपनि इमान्दार कार्यकर्ताहरु धेरै भएको उल्लेख गर्दै उनीहरुलाई भ्रमबाट मुक्त पारिनुपर्ने बताए । उनले दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमान्दार कार्यकर्तालाई एमालेतर्फ ल्याउनुपर्ने बताए ।

एकीकृत समाजवादी पार्टीलाई व्यङ्ग गर्दै अध्यक्ष ओलीले पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत राखेको भन्दै टिप्पणी गरे । ‘उनीहरु फाटोवादी हुन्, अनि कम्युनिष्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चै समाजवादी राखेर भ्रमित बनाउने ?’, ओलीले भने, ‘यसरी केही इमानदार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’

नेता ओलीले एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपंक्ति जनतासमक्ष जान नसकेको बताउँदै एमालेको योजनालाई जनतामा चिनाउन अहिलेको मिसन ग्रासरुट अभियान ल्याइएको बताए ।

‘हामीले असल अभ्यासको थालनी गर्यौ, ३० वर्षमा हुन नसकेका काम ९ महिनामै गर्यौ, तर हामीले जनतालाई बुझाउन सकेनौं, यति धेरै शक्तिशाली पार्टी कमिटी निस्कृय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौ अब त्यसरी चल्दैन,’ उनले भने, ‘अब धार लगाऔं, विकास र समृद्धिको बाहक बनौं, एमालेलाई बहुमत ५१ प्रतिशत ल्याउनेगरी अहिलेको मिसन पूरा गरौं ।’

अहिले युवा पुस्तामा समेत राजनीतिक सचेतना पुगेको भन्दै त्यो पिँढीमा एमालेको अभियान पुराउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ३७ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन