४ पुस २०८२, शुक्रबार | December 20, 2025

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध



काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्लेट प्रयोग गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न निर्देशन दिएको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकमा आफ्नो नाम प्रयोग गर्नु गैरव्यवसायिक र अनैतिक कार्य भएको उल्लेख गरेको छ ।

, ‘कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकहरुका लागि सूचित गरिन्छ ।’मन्त्रालयका शाखा अधिकृत शेरबहादुर विकले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।

मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रकाशित गर्ने कार्य स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन, २०७६, तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४, को नियम २२ मा भएको चिकित्सक आचारसंहिताको उल्लंघन हुने समेत जनाएको छ ।

मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रयोग गरेको गुनासो आएको र उक्त कार्यमा गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको