७ भदौ २०८३, आइतबार | August 24, 2026

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध



काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्लेट प्रयोग गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न निर्देशन दिएको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकमा आफ्नो नाम प्रयोग गर्नु गैरव्यवसायिक र अनैतिक कार्य भएको उल्लेख गरेको छ ।

, ‘कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकहरुका लागि सूचित गरिन्छ ।’मन्त्रालयका शाखा अधिकृत शेरबहादुर विकले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।

मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रकाशित गर्ने कार्य स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन, २०७६, तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४, को नियम २२ मा भएको चिकित्सक आचारसंहिताको उल्लंघन हुने समेत जनाएको छ ।

मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रयोग गरेको गुनासो आएको र उक्त कार्यमा गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : १५ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना