४ पुस २०८२, शुक्रबार | December 20, 2025

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री



चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको एक वा दुई हप्तामा समस्या समाधान हुने आश्वासन दिएका हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो । महानगर प्रमुख रेणु दाहाल हुन् । उनी प्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् ।

बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका हुन् ।

उक्त रंगशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको