४ पुस २०८२, शुक्रबार | December 19, 2025

पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् ।

आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै उनले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताए । पशुपतिमा पूजाआजा र दर्शन सकेपछि केही समय वनकाली उद्यानविश्रामका लागि बगैँचामा मनमोहक वातावरणमा रमाउने गरी यस उद्यानलाई अझ व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ छ ।

“हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व रहेको छ”, उनले भने ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको वृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले यस परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने बताए ।

पशुपति मन्दिर परिसरभित्रको सुरक्षा, सम्भार र विकासमा तल्लीन पशुपति क्षेत्र विकास कोषलाई वनकाली उद्यान हस्तान्तरण भएपछि अझ संरक्षण र विकास हुने उनको भनाइ छ ।

“पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ । स्वदेश तथा विदेशका तमाम हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व छ”, उनले भने ।

पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्न उनले सुझाव दिए । पशुपति क्षेत्रमा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ्, इन्टरनेट, सूचना बोर्ड, सुरक्षा व्यवस्था जस्ता आधारभूत र अत्यावश्यक सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबैको ध्यान जान जरुरी रहेको राष्ट्रपति पौडेलले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ३ : ०० बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा