११ माघ २०८२, आइतबार | January 25, 2026

यसवर्षको एसईई परीक्षा आजदेखि सुरु, चार लाख ८५ हजार विद्यार्थी सहभागी



काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (शुक्रबार)बाट सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षा बिहान ८ बजेदेखि देशैभरका केन्द्रहरूमा एकैसाथ सुरु हुने जनाएको छ ।

कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसइईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले चैत १७ देखि २९ गतेसम्म हुने एसइईको तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको बताए ।

४ लाख ८५ हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

एसइई परीक्षामा यस वर्ष देशभर र बाहिर ९जापान०बाट समेत गरी १२ हजार ८३ वटा विद्यालयबाट विद्यार्थीहरू सहभागी हुँदैछन् । जसमध्ये छात्रा २ लाख ४२ हजार ७१२ जना र छात्र २ लाख ४२ हजार ६७४ गरी जम्मा ४ लाख ८५ हजार ३९६ जना विद्यार्थीहरूको सहभागिता रहने परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

एसइई परीक्षाका लागि देशभर २ हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको छ । कुल परीक्षार्थीमध्ये साझेदारमार्फत् सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना विद्यार्थीहरू समेत सहभागी हुने भएका हुन् ।

एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रूपमा खटिने बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक श्रेष्ठले एसइई परीक्षा सुरक्षित, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरले सञ्चालन गर्नका लागि सात वटै प्रदेशमा परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, ७७ वटै जिल्लामा परीक्षा समन्वय समिति, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयबाट केन्द्राध्यक्षहरुलाई आवश्यक ओरिन्टेसन दिइसकेको बताए । विशेष गरी गाउँपालिका, नगरपालिकासँग समन्वय गरेर परीक्षालाई व्यवस्थित गर्ने कार्य अघि बढिसकेको उनको भनाइ छ ।

प्रश्नपत्र, उत्तरपुस्तिकासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्र र नजिकको प्रहरी चौकीमा पुर्या,उने कार्य सम्पन्न भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले आफूले अध्ययन गरेको विद्यालय नपर्ने गरी परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको जनाएको छ ।

जापानमा पनि परीक्षा केन्द्र

बोर्डले यस वर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् ।

जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि ईमेलमार्फत् पठाउने भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ५४ बजे

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, २८६ मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक