३ चैत्र २०८२, मंगलबार | March 17, 2026

चलचित्रको दोस्रोदिनको कार्यशाला लुम्बिनीमा, जीवनीमा फिल्म र दर्शन



लुम्बिनी । चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको दोस्रो दिनको सेसन चलिरहेको छ ।

हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकिया क्षेत्र, समग्र लुम्बिनी प्रदेशको विकाश र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक बिमल पौडेलले बताए ।

कार्यशालामा चलचित्र निर्माण, जिबनिमा आधारित चलचित्रको ईतिहास र बर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्बाद,पटकथा, पत्रकारिता सम्बन्धी विशेष कक्षा रहने छ ।

चैत्र १७  गते देखि शुरु भएको लुम्बिनीमा संचालित ३ दिने कार्यशालामा चलचित्र क्षेत्रका ज्युदो ईतिहास प्रकाश सायमी, ख्यातिप्राप्त कलाकार सुनिल थापा, कलाकार बसुन्धरा भुसाल, कलाकार, निर्माता , निर्देशक विश्वबिक्रम बस्नेत, कथाकार तथा लेखक बिक्रम भक्त जोशी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, निर्देशक तथा लेखक राजेन्द्र सलभ, लुम्बिनी बौद्ध विश्वविद्यालय निमित्त उपकुलपति डा तिलकराम आचार्य, डिन माणिक रत्न शाक्य, उपप्राध्यापक दयानिधी गौतम, चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको सहजीकरण रहेको छ ।

दोस्रो दिनको कार्यशालाको स्वागत चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले गरेका हुन् भने संचालन सचिव बिकास गौतमले गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ४३ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन